राष्ट्रपतिमा नेम्वाङको जित निश्चित: रायमाझी

काठमाडाैं | फागुन २०, २०७९

राष्ट्रपतिमा नेम्वाङको जित निश्चित: रायमाझी

सन्धिखर्क: नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले अबको निर्वाचनमा एमालेको बहुमत ल्याउने अभियानका साथ मिसन ग्रासरुट सञ्चालन गरेको बताएका छन्। 

 

आगामी हुने निर्वाचनमा एमाले एकल निर्वाचन लड्दा पनि बहुमत आउने गरी संगठन बनाउन पाटीले मिसन ग्रास रुट लिएर गाउँगाउँमा छिरेको जानकारी दिए।


  
प्रेस चौतारी नेपाल अर्घाखाँची शाखाले सन्धिखर्क शाखाले गरेको पत्रकार सम्मलेनमा बोल्दै एमालेका नेता रायमाझीले राष्ट्रको लक्ष्य प्राप्त गर्न र सुखी नेपाली समृद्ध जनता बनाउन र एमालेले आफ्नो पालामा गरेका कामको जानकारी गाउँगाउँमा गराउन अभियान सञ्चालन भएको बताए।

 

नेकपा एमालेका स्थायी कमिटि सदस्य तथा विदेश विभाग प्रमुख डाक्टर राजन भट्टराईले राष्ट्रपतिको निर्वाचनमा पाटीको ह्वीप नलाग्ने भएकाले दुई पात्र हेरेर भोटिंग हुँदा राष्ट्रपतिमा सुवास नेम्वाङको जित हुने दाबी गरेका छन्।
 


एमाले र माओवादीबीच राष्ट्रपतिमा एमालेले लिने भनेर भएको सहमति तोडेर माओवादी अध्यक्ष प्रचण्डले नयाँ गठबन्धन बनाएको बताउदै एमालेले पहिलाको सहमति अनुसारनै राष्ट्रपतिमा उम्मेदवार उठाएको बताए। 

 

वर्तमान गठबन्धनका कारण देशमा आर्थिक संकट उत्पन्न भएको बताए। वर्तमान गठबन्धनले देशमा संकट निम्ताउने उनको दावी छ।


 
कार्यक्रममा नेकपा एमालेका पोलिट्ब्युरो सदस्य सूर्य थापा, विमला घिमिरे, जिल्ला अध्यक्ष पिताम्वर भुसाल लगायतको सहभागिता थियो। 

काठमाडौं:   विराटनगरको नोबेल मेडिकल कलेजको भवनबाट खसेर एक इन्टर्न डाक्टरको मृत्यु भएको छ । आइतबार बिहान ६ः३० बजे कलेजको भवनको पाँचौ तलाबाट खसेका डा. अमित यादवको उपचारकोक्रममा मृत्यु भएको हो । ट...

थप पढ्नुहोस्

ढोरपाटन:  बागलुङका ग्रामीण क्षेत्र सुन्तलाले पहेँलै भएका छन् । किसानले उचित मूल्य नपाएको गुनासो गरेका छन् । व्यापारी सुन्तला बगानमै आएर खरिद गर्ने हुँदा हरेक वर्ष न्यून मूल्यमा बिक्री गर्न बाध्य भएको उनीहरू ब...

थप पढ्नुहोस्

पोखरा: साहित्यकार एवम गीतकार चन्द्रावती वाग्लेको नयाँ कृति ‘कहरको त्यो समय’ एक कार्यक्रमका बीच आज लोकार्पण गरिएको छ ।      गिताञ्जली साहित्य परिवार पोखरा र नारी बाङ्मय प्रतिष्ठान ...

थप पढ्नुहोस्